सक्रिय संक्रमितको संख्या घट्यो



काठमाडौं, कार्तिक १९ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । जुन ७८ दशमलव ५७ प्रतिशत हो ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार थप २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो । मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्