वीर अस्पतालमा १७ जना चिकित्सकले दिए सामूहिक राजीनामा



काठमाडौं कात्तिक १९ ।

वीर अस्पतालमा आकस्मिक कक्षमा काम गर्ने १७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले अहिलेको कोरोनाभाइरस महामारीको यो समयमा पनि अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै राजीनामा दिएका हुन् ।

आफ्ना मागहरु बेवास्ता गरिएको र कोरोनाबाट बच्न आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, दसैं भत्ता पनि उनीहरुले उपलब्ध नगराएको आरोप उनीहरुले लगाएका छन् ।

राजीनामा पत्रमा उनीहरुले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्