थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३८ सय ४४ जना डिस्चार्ज



काठमाडौं कात्तिक १९ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार ३ हजार ८ सय ४४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।

हाल मुलुकमा ३६ हजार ९ सय ११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । त्यसमध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसन र ६ हजार ७८० जना संस्थागगत आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार आज १३ हजार १ सय ४४ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा १४ लाख ९४ हजार १ सय २२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हाल १३ सय ५ जना क्वारेन्टिनमा रहेका छन् भने ३ सय ७९ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्