काठमाडौँ उपत्यकामा १८ सय ७८ कोरोना सङ्क्रमित थपिए



काठमाडौं कात्तिक १९ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८७८ कोरोना सङ्क्रमित थपिएका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १ हजार ५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्