गति लिँदै नागढुंगा-नौबीसे सुरुङमार्ग



काठमाडौं, कार्तिक २० । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ। पछिल्लो समय कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको हो । सुरुङमार्ग निर्माणको ठेक्का पाएको हाज्मा आन्दो कर्पोरेशनबाट प्राविधिक टोली र मेशिन उपकरण आएसँगै सुरुङमार्गको प्वाल खन्ने काम अबको २ हप्ताभित्र शुरू गर्ने तयारी गरेको छ ।

नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाले सुरुङमार्गको पश्चिमतर्फबाट (सिस्नेखोला) प्वाल खन्न शुरू गर्नेछ । पछि पूर्वी अर्थात् काठमाडौंको थानकोटतर्पmबाट पनि शुरू गरी दुवैतिरबाट प्वाल खनिने आयोजनाका कायममुकायम (कामु) आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

कोरोनाका कारण आयोजना स्थल तथा प्राविधिक, मेशिनहरू ल्याउन र फिल्डमा काम गर्न ढिलाइ हुँदा सम्झौताअनुसारको समयतालिका प्रभावित भएको थियो । त्यसलाई समेत समेट्ने गरी अहिले काम भइरहेको उनले बताए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्