भाइमसला सस्तियो, कारोबार शुन्य



काठमाडौं, कार्तिक २० । गत वर्ष झै तिहार नजिकिदै गर्दा पनि आममानिसमा तिहारको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ ।

सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुचि छैन । कास्की घर भई कीर्तिपुरमा सानो होटल चलाएर बसेकी सावित्री भण्डारी कमाइ नहुँदा घरभाडा तिर्न नै ऋण परेकाले किनमेल गर्ने कुनै योजना नभएको बताउन्छिन।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई खाना खुवाउने होटल सञ्चालन गरेकी भण्डारीको होटल गत चैतदेखि बन्द छ । अहिले खुला भए पनि कोही पनि आउँदैन बन्दजस्तै हो, उनल भनिन् । अघिल्लो तिहारमा पाँच दाजुका लागि भाइमसला र सानो उपहार गरी २५ हजार रुपियाँभन्दा बढीको किनमेल गरेकी कीर्तिपुरकै मीना दाहालले यसपटक भने किनमेल नगर्ने बताईन् ।

व्यापारीको समस्या बेग्लै

कुलेश्वरमा १० वर्षदेखि भाइमसलादेखि अन्य मसलाको व्यापार गर्दै आएका रवि शाह यस्तो शून्य तिहार कहिल्यै नभएको बताउन्छन। उनका अनुसार तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन । गत वर्षभन्दा यो वर्ष केजीमै दुई सय रुपियाँसम्म घटेको भाइमसलाको व्यापार नै छैन, शाहले भने, “किन्न आउनेले पनि एक केजी किन्नेले एक पाउ, आधा पाउ मात्रै किनेका छन्, बजारमा माग नै छैनध्र” मखन गल्लीमा व्यापारी साथीसँग बुझ्दा पनि कारोबार नै नभएको पाएको उनले बताए।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाजन्य हरेक वस्तुको मूल्य गत वर्षभन्दा यो वर्ष घटेको देखिन्छ । सङ्घले तिहारमा प्रयोग हुने वा बढी कारोबार हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष प्रतिकेजी कम्तीमा २० देखि पाँच सय रुपियाँसम्म सस्तो भएको छ।

यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्