सम्झौता कार्यान्वयन नभएकोप्रति डा. केसीको आपत्ति



काठमाडौं कात्तिक २० ।

डा. गोविन्द केसीले १९ औं सत्याग्रहका बेला भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले सम्झौता कार्यान्वयनमा वेवास्था गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले सम्झौता कार्यान्वयन नभए थप मागसहित पुनः सत्याग्रह गर्ने चेतावनीसमेत दिएका छन् । डा. केसीले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकारले सम्झौता गरेको सम्झना गर्दै यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा भने जोड दिए ।

केसीले स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा गुणस्तर र पहुँच विस्तारका दिशामा अहिलेसम्म भएका उपलब्धि आन्दोलनबाटै सम्भव भएको बताएका छन्। डा. केसीले सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन भएमा नेपालमा दुरदराजसम्म स्वास्थ्य सेवा पु¥याउने तथा नियामक निकायमा दलीय भागवण्डा रोकेर मेडिकल शिक्षाको गुणस्तर कायम राख्न सकिने बताएका छन् ।

डा. केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका काम गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा डा. केसीले प्रधानमन्त्री ओलीले प्रहरीको माध्यमबाट गुण्डागर्दी गरिराखेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्