थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ सय ३० जना डिस्चार्ज



काठमाडौं कात्तिक २० ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुने संक्रमितको संख्या ३ हजार ४ सय ३० रहेको छ ।

यससँगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ। हाल मुलुकमा ३६५१४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १३०६८ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।

हालसम्म नेपालमा १५ लाख ७ हजार १ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्