काठमाडौं उपत्यकामा एक हजार ३ सय ९८ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २० ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३५९ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्