स्वास्थ्यमन्त्री ढकाललाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश



काठमाडौं कात्तिक २० ।

अदालतको अवहेलनमा मुद्दामा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

अधिवक्ता लोकेन्द्रबहादुर वली र केशरजंग केसीले सर्वोच्चले कोरोना परीक्षण शूल्क नलिनु भन्ने आदेश सरकारले उल्लंघन गरी अदालतको अवहेलना गरेको आरोप लगाउँदै दायर रिटमाथि बिहिबार सुनुवाई गर्दै ७ दिनभित्र आफै उपस्थित भई वा कानून बमोजिम आफ्ना प्रतिनिधि पठाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चले गत असोज १५ गते कोरोना परीक्षणको शूल्क लिनु गैरकानूनी ठहर्याउँदै शूल्क नलिन सरकारका नाममा परामादेश जारी गरेपनि सो को कार्यान्वयन नभएपछि अधिवक्ताद्धय वली र केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्