कोरोना बिमा: दुई हप्ता भित्र भुक्तानी दिइने



काठमाडौं, कार्तिक २१ । कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र गर्ने भएका छन् ।

सरकार र बीमा समितिले गत मंगलवार सम्पूर्ण कागजपत्र प्राप्त भएको ७ दिनभित्र दाबी भुुक्तानी गर्न निर्देशन दिएको थियो । तर, बीमा कम्पनीहरूले भने २ हप्ताभित्र यसलाई टुंग्याउने तयारी गरेका हुन् ।

सात दिनभित्र नै दाबी भुक्तानी दिन व्यावहारिक कठिनाइ भएपछि बीमा कम्पनीहरूले १० दिनदेखि १२ दिनभित्र त्यसलाई टुंग्याउने तयारी गरेका हुन् । यस विषयमा बुधवार बीमा समिति र बीमा कम्पनीहरूबीच प्रारम्भिक सहमति भएको स्रोतले बताएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्