हेटौंडाबाट १० लाख घुस सहित इन्जिनियर पक्राउ



हेटौंडा,कात्तिक २१ । एक इन्जिनियर हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस रकमसहित प्रक्राउ गरेको हो ।

जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्