कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु



काठमाडौं कात्तिक २१ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङको लमही नगरपालिका वडा नं १० का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ ।

यस्तै विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको शुक्रवार बिहान मृत्यु भएको छ । धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्