कोरोना माहामारीबीच ३३ मुलुकबाट १ लाख ३१ हजार नेपाली स्वदेश फर्किए



काठमाडौं कात्तिक २१ ।

कोरोना माहामारी सुरु भएदेखि हालसम्म विदेशबाट एक लाख ३१ हजार ९७४ नेपाली स्वदेश फर्किएका छन् ।

कोरोनाको कारण विदेशमा अलपत्र परेका नेपालीहरु विभिन्न ३३ मुलुकबाट नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोभिड–१९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करिब ५ महिनापछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको थियो ।

यस्तै बिहिवार मात्रै कतारबाट १६३ जना र एउटा शव, कुवेतबाट १३५ जना, यूएईबाट २८९ जना, साउदीबाट १६३ जना, कतारबाट १८० जना, टर्कीबाट २१२ जना, मलेसियाबाट १२७ जना र बंगलादेशबाट ४० जना स्वदेश आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्