१२ केजी अफिमसहित दुई जना पक्राउ



रुकुम कात्तिक २१ ।

रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंह छन् ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो। उनीहरू रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं.९ राडी बजारस्थित धिरेन्द्र शाहको घरबाट पक्राउ परेका हुन्। उनीहरू त्याहाँ कोठा भाडामा बस्दै आएको प्रहरी प्रवक्ता वलीले बताए।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष प्रहरी टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी नायब निरीक्षक तिलकबहादुर शाही सहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्