काठमाडौँ उपत्यकामा १३ सय ३८ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २१ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्