दैलेखमा लागुऔषधसहित दुई जनालाई पक्राउ



दैलेख कात्तिक २२ ।

दैलेखको आठविस नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० बर्षीय दिपेन्द्र कुमार घर्ती र विरेन्द्रनगर नगरपालिका –३ एरीचोकका २० बर्षीया आरोशी पुलामी मगरलाई पक्राउ गरेको हो । कर्णाली राजमार्ग रहेको प्रहरी चौकी पाल्तडाले ती दुईजनालाई पक्राउ गरिएको पाल्तडाका प्रहरी सहायक निरिक्षक थुम बहादुर घर्तीले जानकारी दिए ।

खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो । झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०र१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १० /१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन फेला परेको थियो ।

पक्राउ परेका दुईजनालाई गरी लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान थालिएको दैलेखका प्रहरी नायब उपरिक्षक डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्