भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक लाख बढिको पटाका बरामद



नवलपरासी कात्तिक २३ ।

तिहार छठ जस्ता पर्वका लागी भनेर अवैध रुपमा ल्याउँदै गरेका पटाका प्रहरीले बरामद गरेको छ ।

नवलपरासी पश्चिमको सरावल गाउँपालिका ७ गणेशपुरस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको करिब १ लाख ४ हजार १ सय ६० रुपैयाँ बराबरको ३१ बण्डल खुर्सानी पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्