शिवपुरीका विद्यालयलाई सेराबगर समाजद्वारा मास्क वितरण



नुवाकोट,कात्तिक २३। ग्रामीण क्षेत्रमा समेत कोरोना महामारी  बढ्दै गइरहेको बेला सेराबगर समाजले शिवपुरी गाउँपालिकाका विद्यालयलाई मास्क वितरण गरेको छ।

शिवपुरी गाउँपालिकामा रहेको समुन्द्रादेवी माद्यामिक विद्यालय,जानकी माध्यामिक विद्यालय,स्याउरेभूमे माध्यामिक विद्यालय,जनज्ञान निकेतन माध्यमिक विद्यालय,ग्रामिणदेवी माध्यामिक विद्यालय,कुम्भेश्वर माध्यमिक विद्यालय लगायत १० सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर वितरण गरिएको समाजका अध्यक्ष अभियान आचार्यले बताए ।

समाजले गाउँपालिका क्षेत्रका माध्यमिक विद्यालयमा पुगी प्रत्येक माध्यमिक विद्यालयलाई ५०० थान मास्क र १ लिटर स्यानिटाइजर वितरण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्