छठअघि रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसानहरूको चेतावनी



काठमाडौं कात्तिक २३ ।

छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने उखु किसानहरूले चेतावनी दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

उनले सरकारले बेवास्ता गरेमा मङ्सिर २७ गतेपछि काठमाण्डौको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने बताए । स्मरण पत्र बुझेपछि मन्त्री भट्टले बन्द भएका उद्योगको जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गरेका मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्