नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११०८ पुग्यो



काठमाडौं,कात्तिक २४ । नेपालमा आइतबार थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार साँझ पछिल्लो २४ घण्टा अवधिमा देशभर २ हजार ८१७ संक्रमित थपिएका थिए ।

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ भने नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्