११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ



लमजुङ कात्तिक २५ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ गरेको छ ।

मध्यनेपाल नगरपालिका १ जिता सरेदिस्थित सुदिप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार दिउँसो ४ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।

उनका अनुसार जुवातास खेल्ने खेलाउने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी गंगाबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैया पनि बरामद गरेको छ ।

प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा सुन्दरबजार नगरपालिका ९ का ५० वर्षीय रामबहादुर गुरुङ, सुनपा ७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, सुनपा ४ बस्ने ३९ वर्षीय देव दोङ, सुनपा ९ का ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कुलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।

यस्तै मध्यनेपाल नगरपालिका ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ आबुखैरेनि ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्कीस्थित रुपा गाउँपालिका ७ का रामबावु भट्टराई, गोरखा नगरपालिका ११ बस्ने ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय आकाश तामाङ र तनहुँ ब्यास ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारीलाई जुवाखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता सूचना अधिकारी इन्स्पेक्टर ओमप्रकाश पुनले बताए ।

उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्र्तगत जुवा तथा सट्टेबाजी गरेको र गराएको अपराधमा कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्