गलत नीतिका कारण कोरोना मृत्युदर उकालो



काठमाडौं, कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले कार्यदल गठनपछि विज्ञप्तिमार्फत भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु ।’

यता, नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ । तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ । हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आकंलन हुँदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रस्ट कार्ययोजना ल्याउन सकेको छैन ।

नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्को गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्