नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते सार्वजनिक विदा



काठमाडौं,कात्तिक २७ । सरकारले नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिदा थपिएसंगै यस वर्ष भाइटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंसिर २ गते भाइटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हाे। नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो ।

यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्