चाडपर्वपछि कडा निषेधाज्ञा जारी गर्न सीसीएमसीलाई उपत्यका मेयर फोरमको आग्रह



काठमाडौं,कात्तिक २७ । उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई आग्रह गरेको छ ।

सीसीएमसीका पदाधिकारीहरुसँगको बुधबारको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले चाडपर्वपछि कडा निषेधाज्ञा जारी गर्न आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । तिहार छठ लगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए ।

उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए । सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वयन हुन नसक्दा समस्या झन् बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्