नुवाकोटको तादी खोला पक्की पुल शिलान्यास भोलि शुक्रबार हुने



नुवाकोट,कात्तिक २७ । प्रदेश सरकारबाट विनियोजित रकमबाट निर्माण हुन लागेको बालकुमारी र सुन्दरा जोड्ने भ्यान्ङ्ले स्थित तादी खोला पक्की मोटर पूल शिलान्यास भोलि अर्थात शुक्रबार दिउँसो १ बजे हुने भएको छ।

वाग्मती प्रदेशको यातायात पुर्वाधार निर्देशनालयको आयोजनामा हुने कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङको प्रमूख आतिथ्यता र प्रदेश सरकारको भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाल तथा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको विशेष आतिथ्यतामा हुने प्रदेशका उपसभामुख स्वकीय एलिसा थापाले जानकारी दिइन्। कोभिड १९ का बीच विकास निर्माणका गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेकाले  स्वास्थमापदण्ड ख्याल गर्दै कार्यक्रमलाई अगाडि बढाइएको उपसभामुख स्वकीय थापाले बताइन्।

कुल ८ करोड ९ लाख १२ हजार ५ सय को लागत मा निर्माण हुने उक्त पुल हाल प्रदेशबाट ४ करोड बिनियोजन भएको बताइएको छ। पक्की पुल निर्माणसंगै  दुप्चेश्वर गाउँपालिका ५ र ६ वडा क्षेत्र, तादी गाउँपालिका ४ लगायतका यस भेगका स्थानीयलाई राहत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्