पूर्वमन्त्री गौतमको निधन


तनहुँ, कार्तिक २७ । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्र एवं समाजवादी जनता पार्टीका नेता भीमप्रसाद गौतमको निधन भएको छ। उनको बिहीबार बिहान तनहुँ बन्दीपुर १ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
नेता गौतम पछिल्लो समय निमोनियाबाट ग्रसित थिए।उनी चितवन मेडिकल कलेजमा उपचार गरेर घर फर्किएका थिए ।
नेता गौतम बाबुराम भट्टराई नेतृत्वको सरकारको समयमा भूमिसुधार तथा व्यवस्था मन्त्री भएका थिए।