लामो समयदेखि बन्द सदर चिडियाखाना खोल्ने तयारी



काठमाडौं कात्तिक २७ ।

गएको चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना अब खोल्ने तयारी गरिएको छ ।

कोरोना संक्रमणको जोखिम हुने भएपछि बन्द गरिएको सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी गरिएको हो । चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जिवीप्रसाद पोखरेलले लामो समयसम्म चिडियाखाना बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी गरिएको बताए ।

चिडियाखानामा विभिन्न मापदण्ड तयार गरिएको छ । उनका अनुसार मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको जनाइएको छ । अहिले चिडियाखानामा ११० प्रजातिका १ हजार ६८ वटा जीव जनावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्