सगरमाथाको उचाइ ८६ सेमी बढेको घोषणा



काठमाडौं मंसिर २३ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ ।

नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।

नेपालले पहिलो पटक आफ्नै स्रोत साधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्