थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, १९ सय ९६ जना डिस्चार्ज



काठमाडौं मंसिर ३० ।

पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्।

मंगलवार १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्