काठमाडौं उपत्यकामा ४ सय ८२ कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर ३० ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४८२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २८६ पुरुष र १९६ महिलामा संक्रमण पुष्टि भएको हो।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४५२०, भक्तपुरमा ३८३ र ललितपुरमा ९२७ जना सक्रिय संक्रमित छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार २४२ जनाको पीसीआर परीक्षण गरिएकोमा ८९९ मा कोरोना पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ। हालसम्म १८ लाख २५ हजार ८६० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्