एक घण्टाका बीचमा दुई संक्रमितको मृत्यु



मोरङ,पुष १ । विराटनगर कोशी अस्पताल काेभिड-१९ उपचार केन्द्रमा एक घण्टाको बीचमा दुई काेराेना संक्रमितको मुत्यु भएको छ । उपचारका क्रममा मंगलबार राति मोरङ स्थायी ठेगाना भएका दुवै जनाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैंचाका २२ वर्षीय पुरुष युवा र पथरी शनिश्चरेकी ७३ वर्षीया वृद्धा महिला रहेका छन् ।

अस्पतालका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ का पुरुषको राति ९: ५० बजे मृत्यु भएको हो। पीसीआर परीक्षण गराउँदा गत सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो।

त्यस्तै, महिलाको पनि राति ८: ५० बजे मृत्यु भएको हो । कोरोना रिपोर्ट पोजिटिभ आएको उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो। मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्