नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १७ सय ४३ पुग्यो



काठमाडौं पुस १ ।

नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो ।

एकै दिन ७ सय ३६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्