टोखाको झोरमा यसकारण जान्छ बिजुलीबत्ती



टोखा नगरपालिका वडा नम्बर १ झोर क्षेत्र

काठमाडौं,पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा नियमित बिजुलीबत्ति जान थालेपछि स्थानीय यसको कारण खोजी गर्न तर्फ लागेका छन्। राजधानी काठमाडौंको परिचित टोखा बजार नजिकै रहेको झोरमा शनिबार दिनभर मात्र बिजुलीबत्ति काटिएन त्यस लगत्तै बुधबार समेत दिनभर बिजुली काटिएपछि स्थानीय यसको कारण खोजी गर्न तर्फ लागि परेका हुन।

स्थानीय संरचना कायमसंगै चयनको आशा गरेका नागरिक अघोषित लोडसेडिङको मारमा परेको झोरका ब्यापारी शालिकराम लामिछानेले प्रतिक्रिया दिए।उनले झोरमा  प्राधिकरणले बिजुलिबत्ति बनाउने बहानामा कतिबेला बत्ति काट्ने यकिन नहुने बताए । यद्यपि भैपरी आउने मर्मतको लागि समेत प्राधिकरणले दुई दिन अगावै बिजुलीबत्ति काट्ने सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ।

प्राधिकरणको लापरबाहीका कारण बिजुलीबत्ति अभावले स्थानीय वडा कार्यालय, कुटानीपिसानी उद्योग, माध्यमिक विद्यालय लगायतका क्षेत्रमा विद्युतीय कारोबार समेत ठप्प भएको झोर महाकांल विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले बताए।

यता विद्दुत प्राधिकरण महाराजगन्ज शाखाले भने बालाजु शाखाको सेवा क्षेत्र धेरै लामो भएकाले केन्द्रको अन्तिम झोर क्षेत्रमा समस्या आउने गरेको बतायो।शाखाले यस्ता समस्या धेरै आएकाले झोर क्षेत्रलाई टोखा हुँदै छोटो दुरीमा केन्द्रिकृत गर्न लागिएको शाखाका सुपरभाइजर लिलाभक्त चालिसेले बताए। उनले वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीसंग छलफल तथा समन्वय पश्चात् बसुन्धाराको लाइन टोखा-मालुङ हुँदै फूलबारीसम्म तार बिस्तार गरिसकिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्