राजधानी काठमाडौं लगायत देशभर चिसो बढ्यो



काठमाडौं,पुष २ । बिहिवार बिहानको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ। यससंगै उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ। यो हालसम्मको यो वर्षकै न्यून तापक्रम भएको मौसमविद् मञ्जु बिसीले बताईन्। दिउँसो भने १७–१९ डिग्री सेल्सियस तापक्रम रहने छ। काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेन छ। यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने बताईन्छ।

बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ। तर यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ। पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ। वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको मौसमविद् बीसीले बताईन्।

तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्क रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्