काठमाडौं उपत्यकामा ३६३ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस २ ।

काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्