थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४७ जना डिस्चार्ज



काठमाडौं पुस २ ।

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्