अस्ट्रेलियन क्रिकेटर वाटमोर नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त



काठमाडौं पुस २ ।

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियन चर्चित क्रिकेटर देव वाटमोर नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ क्यान संघको बिहिवार बसेको बैठकले जनवरी २०२१ बाट लागु हुने गरी वाटमोरलाई नेपाली टिमको प्रशिक्षक नियुक्त गरेको हो। क्यानका अनुसार उनले आगामी १ जनवरीबाट नेपाली क्रिकेट टिम सम्हाल्नेछन्। वाटमोर अस्ट्रेलियाका अनुभवी क्रिकेट तथा सफल प्रशिक्षक पनि हुन्।

उनको प्रशिक्षमा श्रीलंकाले सन् १९९६ मा क्रिकेट विश्‍वकपको उपाधि जितेको थियो। त्यसबेला भारत र पाकिस्तानमा आयोजित विश्‍वकपको फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई पराजित गरेको थियो।

क्यानले रउनाबहादुर मल्ललाई जनरल म्यानेजरमा नियुक्त गरेको छ भने रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतको जिम्मेवारी दिएको छ। त्यसैगरी विनोदकुमार दासलाई क्रिकेट म्यानेजरको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्