आजदेखि सवारीसाधनमा जोरबिजोर हट्यो



काठमाडौं,पुष ३ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाउदै आएको जोरबिजोर प्रणाली हटेको छ । सबैजसो व्यवसाय र कार्यालय खुलेतापनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम हटाइएको थिएन । जसका कारण आधा संख्यामा मात्रै सार्वजनिक सवारी सधान गुडेका थिए । तर यात्रुको चाप भने बढेको थियो । जसले गर्दा सवारी साधानमा कोचाकोच गरेर यात्रुल चढ्दा कोरोना संक्रमणको जोखिम झन बढेको थियो ।

जोर विजोर नियमका कारण सर्वसाधारण कोरोनाको जोखिममा मात्रै होइन, उनीहरुको यात्रा पनि निकै कष्टकर भएको थियो । कोरोनाको जोखिम कम गर्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालना भएको थिएन ।

जोर बिजोर नियमको उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकलाई फिर्ता पठाउँने गरेको थियो । जोर बिजोर नियमको पालना नगरेको भन्दै दैनिक करिब एक हजार पाँच सय सवारी साधन कारबाहीमा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले जोर विजोर नियमले निम्त्याएको समस्यालाई मध्यनजर गरिरहेको थियो । फलत शुक्रबारदेखि नै लागु हुने गरी उक्त नियम हटाइएको छ । जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको थियो ।

जोरबिजोर हटाउने निर्णयसँगै आज शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्नेछन । तर तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्