टोखाको झोरसहित काठमाडौको विभिन्न ठाउँमा आज र भोलि लोडसेडिङ



काठमाडौ,पुष ३ । नेपाल विद्युत् प्राधिकरणले टोखाको झोरसहित काठमाडौको विभिन्न ठाउँमा आज र भोलि लोडसेडिङ गर्ने जनाएको छ। मर्मतका लागि प्राधिकरणले शुक्रबार र शनिबार टोखाको झोरसहित राजधानीका विभिन्न स्थानमा लोडसेडिङ गर्ने भएको हो । प्रधिकरणले बिहान ७ बजेदेखि १० बजेसम्म बिजुली काट्ने जनाएको छ ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिने भएको हो ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्