थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी, १ हजार २९ जना डिस्चार्ज



काठमाडौं पुस ३ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१७ छ ।

प्रतिक्रिया दिनुहोस्