काठमाडौं उपत्यकामा २८७ कोरोना संक्रमित थपिए



काठमाडौं पुस ३ ।

काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्