तराइमा शितलहर संगै चिसो बढ्यो, जनजिवन प्रभावित



पर्सा पुस ४ ।

तराइ मधेशमा ह्वात्तै चिसो बढेको छ।

शनिबार प्रदेश २ का जिल्लाहरु पर्सा,बारा,रौतहट लगायत तराईका जिल्लाहरुमा हुस्सुका कारण चिसो बढेको हो । चिसो बढेसँगै यहाँको जन जिवन कष्टकर बन्दै गएको छ ।चिसोका कारण मानिसहरु घरबाट कम मात्रामा बाहिर निस्केका छन्।

बजारमा पनि बिहानै देखि चिसोका कारण चहल पहलमा कमि आएको छ ।चिसो बढेसँगै मानिसहरु जाडोबाट बच्न आगो तापेर घरमै बस्न बाध्य भएका छन्। शनिबार बिहानैदेखि बाक्लो हुस्सु सँगै चिसो हावा पनि चलेकाले मौसम अत्याधिक चिसो भएको हो। चिसोका कारण खासगरि दैनिक ज्यालादारी तथा घर बाहिर खुल्लामा काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर तथा सर्ब साधाराण हरुलाई बढी समस्या भएको छ ।

घर बाहिर रिक्सा ठेला तथा निर्माणका काममा खटने मजदुरहरु बढी प्रभावित भएका छन्। उनीहरुलाई बढेको चिसोका कारण काम गर्नमा कठिनाई उत्पन्‍न भएको छ। चिसोले गर्दा खास गरि ससाना बालबालिका र वृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको खास ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ।

चिसोले बालबालिका र बृद्धाहरुलाई छिटै असर गर्ने भएकाले यस्तो मौसममा उनीहरुलाई सकेसम्म घरबाहिर निस्कन नदिने निस्कनै परे बाक्लो कपडा लगाएर मात्रै निस्कन दिने चिकित्सकहरुको सुझाव रहेको छ। पर्सा,बारा,रौतहट लगायत तराईका जिल्लाहरुमा केही दिनदेखि चिसो बढेको भएपनि दिनमा घाम लागदा त्यति चिसो महसुस हुन सकेको थिएन। तर,शनिबार बिहानै देखि बाक्लो हुस्सुसँगै चिसो लाग्न थालेको हो।

प्रतिक्रिया दिनुहोस्