थप ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ सय ७५ जना



काठमाडौं पुस ४ ।

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार १८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११७५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८४० छ ।

प्रतिक्रिया दिनुहोस्