प्रहरी चौकी दानसिङ नुवाकोटलाई नि: शुल्क जग्गा दाताहरु सम्मानित



नुवाकोट पुस ४ । प्रहरी चौकी दानसिङ नुवाकोटलाई निस्शुल्क जग्गा दान दिनेहरु सम्मानित भएका छन् ।

साविक दानसिङ गाबिस वडा नं. ५ हाल तारकेश्वर गाउँपालिका वडा नं १ बस्ने मानबहादुर तामाङले सोही क्षेत्रमा रहेको कित्ता नं ५९७ को क्षेत्रफल २१.०४,०.२ जग्गा मध्यबाट १.०,०,०.१ रोपनी पुस ३ गते प्रहरी चौकी दानसिङ नुवाकोटका नाममा निस्शुल्क रुपमा नामसारी गरी लालपुर्जा हस्तान्तरण गरेकोमा सम्मानित भएका हुन् ।

मानबहादुर तामाङ, उनका छोराहरु अन्य सहयोगी ब्यक्तित्वहरुलाई जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जिल्ला प्रहरी कार्यालय नुवाकोटको तर्फबाट मायाको चिनो प्रदान गरी खादा ओडाई सम्मान प्रदान गरेका हुन् ।

साथै प्रहरीप्रति जनबिश्वास राखी निस्शुल्क रुपमा जग्गा प्रदान गरी सहयोग गर्ने जग्गादाता, स्थानीय, जनप्रतिनिधि लगायत सम्पूर्ण सहयोगी सरकारी तथा गैह्र–सरकारी निकायहरुलाई जिप्रका नुवाकोटले हार्दिक आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्