छ वर्षीया बालिका बलात्कृत



म्याग्दी, पुष ५ । जिल्लाको बेनी नगरपालिका – ५ गाजनेकी ६ वर्षीय बालिका बलाकृत भएकी छिन् । १५ वर्षीय किशोरले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।

पुस दुई गते बालिकालाई किशोरले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका डिएसपी किरणजगं कुंवरले बताउनु भयो।

बालिकाको स्वास्थ्य अवस्था असामान्य रहेकोभन्दै बेनी अस्पतालले थप उपचार र स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेको छ ।

बिहीबार दिउँसो घरमा बोलाएर ललाई फकाई बलात्कार गरेको र बालिका चिच्चाएपछि छिमिकीले रंगेहात फेला पारेको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्