९ महिनापछि खुल्यो बुढानिलकण्ठ मन्दिर



काठमाडौ, पुष ५ । कोरोना संक्रमण जोखिम बढेसंगै गत चैत्र ११ देखि भक्तजनका लागि बन्द गरिएको बूढानिलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिएको छ ।

महामारीका कारण बन्द गरिएको मन्दिर आइतबारबाट भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको हो ।

नौ महिनादेखि बन्द गरिएको भएपनि नित्य पूजा, आरती भने नियमित भइरहेको थियो । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भए पनि यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्