काठमाडौं उपत्यकामा २३८ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस ५ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ गरी जम्मा २३८ जना संक्रमित थपिएका छन् ।

जसमा १०० जना महिला र १३८ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्