नुवाकोट पञ्‍चकन्याको घलेभञ्‍ज्याङमा पुस ११ गते नि:शुल्क स्वास्थ्य शिविर



नुवाकोट पुस ५ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका ३ को घलेभञ्‍ज्याङमा यही पुस ११ गते नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन हुने भएको छ ।

फिजिसियन सोसल रेस्पोन्सिबिलिटी नेपाल (स्टुडेन्ट च्याप्टर आईओएम) को प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टरद्वारा भिडियो एक्स रेसहित नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालने हुने आयोजक पञ्‍चकन्या गाउँपालिकाले सूचनामार्फत आइतबार जानकारी दिएको हो । शिविर मा समयमा नै उपस्थित भई स्वास्थ्य जाँच गराउन समेत पालिकाले अनुरोध गरेको छ ।

शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवाहरु, भिडियो एक्स रे, सम्पूर्ण रोगहरुको परीक्षण, नि:शुल्क औषधि वितरण लगायत सेवा उपलब्ध गराइन् स्वास्थ्य संयोजक हेमनारायण महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्