टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु



दाङ,पुष ६ । टिकटक भिडियो बनाउँदा झोलुंगे पुलबाट खसेका तुलसीपुरका युवकको मृत्यु भएको छ ।

तुलसीपुर- १९ बिजौरीका २४ वर्षीय रमेश थापा आइतबार टिकटक बनाउने क्रममा बबई नदीको झोलुंगे पुलबाट खसेका थिए । पुलबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकनिक मनाउन पुरन्धारा झरना पुगेका थापा साथीसँग रमाइलो गर्दै टिकटक बनाउन पुलको लहरामा झुन्डिएका थिए । त्यसैक्रममा पुलबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरीका कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्